नमोबुद्ध दाप्चा खोलामा स्काईभेटरको चेनले किचेर खनालको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ बैशाख ४, शनिबार मा प्रकाशित ३२५८ पटक पढिएको
नमोबुद्ध दाप्चा खोलामा स्काईभेटरको चेनले किचेर खनालको मृत्यु

बैशाख ४, काभ्रे । काभ्रे नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित दाप्चा खोलामा स्काईभेटरले थिच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि वडा निवासी अन्दाजी ३०/३५ वर्षका निर्माण व्यवशायी प्रकाश खनाल रहेका छन् । आज (शनिबार) निर्माणाधिन दाप्चा खोलाको वाल लगाउने स्थानमा स्काईभेटरको चेनले कुल्चीएर उनको मृत्यु भएको हो ।

वडा नं ७ का अध्यक्ष धर्म सिं लामाका अनुसार उक्त खोलामा बाँध निर्माणको कार्य भईरहेको थियो । उक्त बाँध निर्माणको ठेक्का मृतक खनालले लिएका थिए । ‘खोलामा बाँध लगाउने काम भईरहेको छ, त्यहिँ निस्केको ढुंगा अर्को ठाउँमा वाल लगाउन टिप्परमा लगेको रहेछ, अनि टिप्पर फसेपछि स्काईभेटरले ठेल्न आउँदा मान्छे परेछ’ वडा अध्यक्ष लामाले भने । घटना स्थल दाप्चा जाने बाटोको मुखैमा वडा नं ७ र ८ मा पर्ने उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी डिएसपी हरी खतिवडाले उक्त घटनाको पुष्टि गरेका छन् । मृतकको धुलिखेल अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि वरिवारलाई शव बुझाईने खतिवडाले जानकारी दिए ।

अहिले घटना स्थलमा ईलाका प्रहरी कार्यलय मंगलटार, भकुण्डे प्रहरी चौकीका प्रहरीहरु पुगेका छन् । जेसिबि र चालकलाई नियन्त्रणमा लिई अनुशन्धान भईरहेको सुचना अधिकारी खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस