नेविसंघ काभ्रेको स्थापना दिवसमा सामाजिक काम

नौलो समाचार संवाददाता
२०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ७०२ पटक पढिएको
नेविसंघ काभ्रेको स्थापना दिवसमा सामाजिक काम

बैशाख ७, काभ्रे । हरेक बर्ष बैशाख ६ गतेका दिनलाई नेपाल विद्यार्थी संघ काभ्रेले आफ्नो स्थापना दिवस मनाउदै आइरहेको छ। जस अनुरुप यो बर्ष पनि बैशाख ६ गतेका दिन नेबि संघ काभ्रेले आफ्नो स्थापना दिवस सामाजिक कार्य गरि मनाएको छ।

नेबिसंघ काभ्रेले यो पटक पनि बनेपामा रहेको बौद्ध वृद्धा आश्रममा रहेका वृद्ध-वृद्धाहरुलाई खाध्यन्न र स्वास्थ्य सामाग्री बितरन गरेको छ। ५ बोरा चामल, एक बाकास तेल, १० किलो चिनी संगै बिस्कुट, दाल, पिठो लगायतका सामाग्रीसंगै स्यानीटाइजर र माक्स पनि वितरण गरेको छ।

हरेक बर्ष बैशाख ६ गते आउँदा आश्रममा रहेका वृद्धाहरु पनि नेबि संघ काभ्रेको बाटो हेर्ने गरेको आश्रमका ब्यवस्थापकले जानकारी गराइन।कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका सभापति मधु आचार्य, पुर्व उध्योग राज्य मन्त्री कंचन चन्द्र बादे, नेबि संघका पुर्व सह-महामन्त्री माधब ढकाल , नेबि संघ काभ्रेका सभापति नृपेश बादेसंगै नेबिसंघ काभ्रेका नेता तथा विद्यार्थीहरुहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा बोल्दै सबै वक्ताले नेबिसंघको यस्तो सामाजिक कार्यको मुक्त कण्ठले प्रसंसा गरेका गरेका थिए । सबैले आ-आफ्नो जन्मदिन लगायत शुभ कार्यहरु यसरी पाका उमेरका ब्यक्तिहरुसङ्ग मनाउदा वृद्ध-वृद्धाले राम्रो आशिर्वाद दिने र यस्ता आश्रमहरु पनि चल्नलाई सजिलो हुने नृपेश बादेले बताए। बादेले बिगत केही बर्ष यतादेखि आफ्नो जन्मदिन पनि वृद्ध आश्रममै मनाउदै आइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस