पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ बैशाख ११, शनिबार मा प्रकाशित ६३७ पटक पढिएको
पत्रकार महासंघ काभ्रेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न

बैशाख ११, काभ्रे । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

नवनिर्वाचित अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाको अध्यक्षतामा महासंघको कार्यालय बुडोलमा बसेको बैठकले आगामी तीन बर्षको कार्ययोजना बनाउन उपाध्यक्ष विनोदकुमार न्यौपानेको संयोजकत्वमा सदस्यहरु अशोक महत र सुरज श्रेष्ठ सदस्य रहेको समिति बनाएको छ ।

त्यस्तै कार्यालय व्यवस्थापनको लागि सचिव कपिल कोईरालाको संयोजकत्वमा सह-सचिवद्धय सरोज अधिकारी, जगतमान बल तथा कोषाध्यक्ष केदार तिमल्सिना सदस्य रहेको समिति बनाइएको छ ।

बैठकले आगामी बैशाख २० गते अन्तराष्ट्रिय प्रेस स्वतान्त्रता दिवसको अवसर पारेर समयको अनुकुलता अनुसार रचनात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश तथा जिल्लामा निर्वाचित सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । बैठकले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक काभ्रेमा गर्न केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस