बनेपा नगरपालिकाद्वारा कोभिड अस्पताल संचालनमा

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ८०४ पटक पढिएको
बनेपा नगरपालिकाद्वारा कोभिड अस्पताल संचालनमा

जेठ २, काभ्रे। बनेपा नगरपालिकाले कोभिड डेडीकेटेड अस्पताल संचालनमा ल्याएको छ। जिल्लाको ब्यापारिक सहर बनेपामा कोरोना भाईरसबाट संक्रमित हुनेहरुको संख्या थपिदै गए पछि नगरपालिकाले भोमी अस्पतालसँग सम्झौता गरी भोमी कोभिड डेडीकेटेड अस्पताल संचालनमा ल्याएको हो।

आज (आईतबार) बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादेले उद्घाटन गर्नुभएको कोभिड अस्पताल २५ शैयाको रहेको छ।

बनेपा नगरपालिकाको अनुमतिमा १५ शैया र स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा थप १० बेड गरी २५ शैया संचालन गर्ने अस्पतालका प्रवन्ध निर्देशक सगुन कायश्थले जानकारी दिनुभयो।

अस्पतालमा ४ जना बिरामीलाई आईसियू र ६ जनालाई अक्सिजन सुविधासहितको बेड रहेको छ। नगरपालिकाले मासिक कर बाहेक १३ लाख रुपैया अस्पताललाई कोभिडका विरामीहरुको उपचार गराए बापत उपलब्ध गराउने छ भने अक्सिजन रिफिल गर्ने कार्यमा समन्वय र सहजिकरण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस