जेठ ६, काभ्रे। विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)ले काभ्रे जिल्ला नराम्रोसंग गाजिरहेको छ। काभ्रेका जिल्लाका विभिन्न स्थानीय तह मध्ये बनेपा, पनौती र धुलिखेल नगरपालिका सबैभन्दा बढि प्रभावित रहेका छन्। यी पालिकहरुमा संक्रमितको संख्या र संक्रमण दर उच्च रहेको छ। यसैगरी बिस्तारै नमोबुद्ध, पाँचखाल, मण्डनदेउपुर लगाएत अन्य पालिकहरुमा पनि संक्रमण दर उच्च हुदै गैरहेको छ।
काभ्रेको जेठ ५ गतेसम्मको तथ्यांक अनुसार जिल्लाभर २०५३ जना सक्रिय संक्रमित छन्। जसमधे सबै भन्दा धेरै बनेपा नगरपालिका क्षेत्रमा मात्र ६४४ जना सक्रिय संक्रमित छन्। यसैगरी दोश्रो नम्बरमा पनौती नगरपालिका रहेको छ, जहाँ ४७१ जना सक्रिय संक्रमित छन्। यस्तै तेश्रो नम्बरमा संक्रमितको संख्या उच्च रहेको धुलिखेलमा ४४८ जना सक्रिय संक्रमित छन्।
संक्रमितको संख्या अत्याधिक भएपछी जेठ ५ गतेबाट बनेपा नगरपालिका पूर्ण रुपमा शिल गरिसकिएको छ। यस्तै संक्रमण दर बढ्न नदिन नमोबुद्ध नगरपालिकाले पनि आफ्नो नगर क्षेत्र पनि आजबाट शिल गरिएको छ, जहाँ ८३ जना मात्र सक्रिय संक्रमित छन्।
तर सक्रिय संक्रमित दर उच्च रहेको पनौती तथा अन्य पालिकाहरुमा निषेधित क्षेत्र मात्र लागु गरिएकाले बिहान बेलुका पसलहरु खुल्ने र मानिहरुको भिडभाड हुने भएकाले पनि संक्रमण दर बढिरहेको छ।
पनौती नगरपालिकामा ४७१ जना सक्रिय संक्रमित छन्। बिहान ४ घण्टा खाद्यान्न तथा तरकारी पसल, डेरी खुल्ने गरेका छन्। बिहान केहि घण्टा भएपनि बजारसम्म पुग्ने, गाउँ नजिकै चोकको पसलमा चिया/चुरोट खान जाने तथा आफु संक्रमित भए पनि होम आइसोलेसंमा नबस्ने, मास्कको प्रयोग नगर्ने केहि व्यक्तिहरुको कारणले पनि पनौतीका गाउँगाउँसम्म संक्रमण फैलिरहेको छ। पनौतीका नगरबासीहरुले तत्काल नगरपालिकाले सम्पूर्ण नगरपालिका शिल गर्ने देखि संक्रमितको उपचारमा अक्सिजनहितको अईसोलेसन केन्द्र निर्माण, आईसियु बेड निर्माण गर्नुपर्ने सुझाब दिने गरेका छन्।
पनौती नगरपालिकालाई स्वास्थ्यकर्मीको महत्वपूर्ण सुझाव
पनौती नगरपालिकाका संक्रमण अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिंङ (CICT) टिम सदस्य दिपेश घिमिरेले एक स्वास्थयकर्मिको दायित्वले कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामा अब पनौती नगरपालिकाले तत्काल गर्नु पर्ने कामहरुको बारेमा विभिन्न सुझाब दिनुभएको छ:-
१) कम्तिमा १४ दिन सबै चिज बन्द गरौं, स्वास्थ्य संस्था मात्रै खुल्ला गरौ, अक्सिजनको आपूर्ति र बितरण सहज बनाउ,
२) नगरभित्र सन्चालनमा आएका अस्पताल, क्लिनिक र हेल्थकेयर हरुलाइ कोभिड-१९ को परामर्श केन्द्र तोकौ,
३) नगरभित्र संचालित सहकारी तथा बैकहरुलाइ कम्तिमा १० जना बिरामिलाइ पुग्ने अक्सिजन सिलिन्डर ब्यवस्थापन एवम सहयोगको लागि अपिल गरौं,
४) १४ दिनसम्म कृषकले उत्पादन गर्ने दूध लाई घिउ, पनिर आदि बनाउन प्रोत्साहन गरौ र हाललाइ घरमै स्टोर गर्न र खुल्ला भएपछी बिक्री बितरण गर्न प्रोत्साहित गरौं,
५) गरिवीको रेखामुनी रहेका जनताको एकिन गरि कम्तिमा दुई छाक टार्न सक्ने गरि राहत ब्यवस्थापन गरौं,
६) सुरक्षा निकायसंग समन्वय गरि गाउँ, टोल मा बाहिर बाट मानिसको आवत जावत लाई पुर्ण रुपमा ठप्प बनाउ,
७) गाउँमा उत्पादन भएका तरकारीलाई आफ्नै टोलबस्तिमा नहुनेले किन्ने र हुनेले बेच्ने प्रवन्ध मिलाउ,
८) जनताको जीवन रक्षामा खटिएका स्वास्थयकर्मिलाइ प्रोत्साहन एवम उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउ
९) समझदारी सहित अहिले दुरि बडाउ, अनिवार्य मास्कको प्रयोग गरौं,साबुन पानीले हात धोऔ ।
यसरी नगरपालिकाले कार्ययोजना बनाएर अगाडी बढ्ने हो भने कोरोना यो फैलिदै गएको लहरो टुट्ने र बिस्तारै संक्रमण नियन्त्रणमा आउने पनौती नगरपालिकाका संक्रमण अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिंङ (CICT) टिम सदस्य दिपेश घिमिरेले पनौती नगरपालिका र नगरबासीलाई सुझाव दिनुभएको छ। अब पनि हेरेर बसियो बने अवस्था नकै भयानक हुनेमा सबै सरोकारवाला निकायहरु तत्कालै जाग्नु पर्ने बेला आइसकेको उहाको भनाइ छ।
पनौती नगरपालिकाको १२ वटै वडाको ५ गते सम्मको कोरोना बिवरण हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस