मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड ५९ लाख, पूर्वाधार बिकासमा जोड

नौलो समाचार संवाददाता
२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ९९८ पटक पढिएको
मण्डनदेउपुर नगरपालिकाको बजेट ९९ करोड ५९ लाख, पूर्वाधार बिकासमा जोड

असार १०, काभ्रे। मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ। आज (बिहिबार) बसेको नवौँ नगरसभाले आगामी आर्थिक वर्ष नीति, कार्यक्रम तथा बजेट स्वरूप ९९ करोड, ५९ लाख, २ हजार, १४२ रूपैयाँको बजेट विनियोजन गरेको छ।

नगरप्रमुख टोक बहादुर वाईबाले नगरपालिका अन्तर्गत प्रत्येक वडाहरूमा पूर्वाधार निर्माण कार्यक्रमका लागी ४ करोड ८० लाख रूपैयाँ विनियोजन गर्नुभएको छ। जसमा एउटा वडाका लागी ४० लाखका दरले बजेट बिनियोजन गरिएको छ।

नगरसभाले  स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई उच्च प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको हो।

सडकहरू निर्माण तथा स्तरोन्नति, सडक बत्तीलाइ प्राथमिकता राखेर नीति कार्यक्रम तथा बजेट ल्याएको छ। साथै स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी, पर्यटन, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस