काभ्रेली संचारकर्मी र न्युनतम पारिश्रमिक समितिबिच अन्तरक्रिया सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ अषाढ १६, बुधबार मा प्रकाशित ७७९ पटक पढिएको
काभ्रेली संचारकर्मी र न्युनतम पारिश्रमिक समितिबिच अन्तरक्रिया सम्पन्न

असार १६, काभ्रे। बनेपामा काभ्रेली संचारकर्मी विचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार न्युनतम पारिश्रमिक समितिको आयोजना तथा पत्रकार महासंघ काभ्रे शाखाको संयोजनमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो।

आज बनेपाको पन्चकन्या बेन्केट आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले सरकारले पत्रकारको हकहित भन्दा पनि न्युनतम पारिश्रमिकको नाममा कर उठाउन मात्र लागि परेको बताएका छन्। लोक कल्याणकारी बिज्ञापन नपाउनु, जिल्लाका केहि ठुला संस्थाका बिज्ञापन राष्ट्रिय पत्रिकामा पुग्नु, लोकल विज्ञापनले संस्थाको खर्च धान्ने अवस्था नरहेको सहभागीहरुले बताएका छन्।

काभ्रेमा धेरै जसो पत्रकारले एकल रुपमा संस्था दर्ता गरेर स्वरोजगारमुलक पत्रपत्रिका तथा अनलाईन पत्रिका चलाईरहेका छन्। श्रमजीवी पत्रकारहरुलाई सरकारले तोके जति न्युनतम पारिश्रमिक दिन सक्ने अवस्था नरहेको बताउदै पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष नारायण सापकोटाले सरकार देशभरका जिल्ला जिल्लाका संचारसंस्थासंग १.५ प्रतिशत कर कसरी उठाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्र लागिरहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरुले श्रमजीवी पत्रकारहरु कोभिड-१९ का कारण थलिएर बस्दा, काम समेत गुमाउदा पनि राहतका कुनै पनि कार्यक्रम ल्याउन नसकेको, कोभिड लागेका पत्रकारले पनि राहत पाउन नसकेको, प्रेस पास र संस्था नविकरणमा छुट सहुलियतको पहल गर्न, न्युनतम पारिश्रमिक समितिले पनि श्रमजीवी पत्रकारका पारिश्रमिक मात्र नभई स्वरोजगारमुलक पत्रपत्रिका तथा अनलाईन पत्रिका चलाईरहेका पत्रकारलाइ कसरी अगाडी बढ्न र माथि उठाउन सकिन्छ भन्ने बारेमा प्रभावकारी रुपमा कार्य गर्न आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै नेपाल सरकार न्युनतम पारिश्रमिक समितिका सदस्य ऋषिकेश श्रेष्ठले आफुले काभ्रेली पत्रकारहरुको शुझावलाई मनन गरी सम्बन्धित निकाय तथा व्यक्तित्वलाई झक्झक्याउने बताउनुभयो।

अन्तरक्रिया कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पुर्व अध्यक्षहरु भोला थापा, महेश पौडेल, नारायण सापकोटा, मोतीराम तिमल्सिना, प्रेस सङ्गठन काभ्रेका अध्यक्ष रामकृष्ण बन्जारा, पत्रकार महासंघ काभ्रेका कार्यसमितिका पदाधिकारीहरु लगायत जिल्लामा क्रियाशील संचारकर्मीहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस