मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन, जस्तापातासहित प्रतिपरिवार ५० हजार दिने

घर बनाउन प्रतिपरिवार ५ लाख दिईने
नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ११८० पटक पढिएको
मेलम्ची र हेलम्बुका बाढीपीडितलाई राहत उपलब्ध गराउने प्रधानमन्त्रीको आश्वासन, जस्तापातासहित प्रतिपरिवार ५० हजार दिने

असार २६, सिन्धुपाल्चोक। प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पीडितका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिनुभएको छ।

आज (शनिबार) मेलम्ची बजार र हेलम्बुमा इन्द्रावती र मेलम्ची नदीको पुर्याएको क्षतिको अवलोकन गर्न आउनुभएका प्रधानमन्त्री ओलीले अस्थायी वासस्थानका लागि १५ सय बण्डल जस्ता र प्रतिपरिवार ५० हजार रुपैयाँको आश्वास दिनुभएको हो ।

मेलम्ची र हेलम्बुमा गरेर ३ सय ७६ घरपरिवारलाई बाढीले विस्थापित बनाएको छ ।

यस्तै, प्रधानमन्त्री ओलीले स्थायी घर बनाउनका लागि मेलम्ची नरपालिकाका स्थानीयलाइ प्रतिपरिवार ४ लाख र हेलम्बु गाउँपालिकाका स्थानीयलाई प्रतिपरिवार ५ लाख रुपैयाँ रकम उपलब्ध गराउनेसमेत आश्वासन दिनुभएको छ । हेलम्बु हिमाली क्षेत्र भएकाले १ लाख रुपैयाँ बढी उपलब्ध गराइएको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस