पत्रकार महासंघ काभ्रेको दोश्रो बैठक सम्पन्न, आगामी तीन बर्षको कार्ययोजनासहित विभिन्न निर्णयहरु पारित

नौलो समाचार संवाददाता
२०७८ श्रावण ८, शुक्रबार मा प्रकाशित ७५४ पटक पढिएको
पत्रकार महासंघ काभ्रेको दोश्रो बैठक सम्पन्न, आगामी तीन बर्षको कार्ययोजनासहित विभिन्न निर्णयहरु पारित

साउन ८, काभ्रे। नेपाल पत्रकार महासंघ काभ्रे शाखाको नियमित बैठक सम्पन्न भएको छ। कोरोना भाइरस (कोभिड-१९) संगै लकडाउनका कारण नियमित बैठक बस्न सकेको थिएन।

अध्यक्ष बद्रिप्रसाद तिमल्सिनाको अध्यक्षतामा महासंघको कार्यालय बुडोलमा बसेको कार्यसमितिको दोश्रो बैठकले आगामी तीन बर्षको कार्ययोजनासहित विभिन्न निर्णयहरु पारित गरेको छ।

सम्पन्न बैठकले पत्रकारहरुका लागी आपद्कालिन राहत कोषको कार्यविधि पारित गरेको छ। यसैगरी बैठकले पदाधिकारीको सचिवालय पनि गठन गरेको छ। आपद्कालिन राहत कोषमा करिव ९ लाख जम्मा भएको छ। कुनै पनि आपदबिपद्मा पत्रकारहरुलाई सो कोषबाट के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यविधि तयार गरिएको छ।

उपाध्यक्ष विनोदकुमार न्यौपानेको संयोजकत्वमा सदस्यहरु अशोक महत र सुरज श्रेष्ठ सदस्य रहेको समितिले वार्षिक रुपले के कस्ता कार्य गर्ने भन्ने कार्ययोजना बनाईएको छ। बैठकले पारित गरेका कार्ययोजनामा वार्षिक दुई पटक विभिन्न संघसंस्था तथा स्थानीय सरकारसंगको सहकार्यमा पत्रकारका लागी विधागत रुपमा क्षमता अभिवृद्धि तालिम संचालन गरिने, सदस्यता शुद्धीकरण, पत्रकारिता क्षेत्रमा महिलाको उपस्थिति बढाउँन विभिन्न संघसंस्थासंग अन्तरक्रिया र सहकार्य गर्ने, महासंघको कार्यालय भवन थप व्यवस्थित तथा मर्मतको प्रक्रिया अगाडी बढाउने, पुस्तकालय निर्माण, पत्रकार महासंघ काभ्रेको वेबसाईट निर्माण गर्ने लगाएतका १३ वटा बुदाहरु रहेका छन्।

यसैगरी, सचिव कपिल कोइराला  र कोषाध्यक्ष केदार तिमल्सिनालाई कार्यालय व्यवस्थापन जिम्मवारी प्रदान गरिएको छ।

यस्तै, बैठकले सदस्यता नवीकरण खुल्ला गरेको छ। यहि साउन मसान्तभित्र सदस्यता नवीकरणका कार्य थालिने बैठकले निर्णय गरेको छ।

बैठकको छलफलमा सम्पूर्ण पदाधिकारीहरुले ३ वर्षे कार्य योजनमा आ-आफ्नो धारणा तथा सुझाव दिनुभएको थियो।


प्रतिक्रिया दिनुहोस