कराँतेका प्रशिक्षक तथा खेलाडीहरुले मनाए गुरु पूर्णिमा

नौलो समाचार संवाददाता
२०७८ श्रावण १०, आईतबार मा प्रकाशित ७३६ पटक पढिएको
कराँतेका प्रशिक्षक तथा खेलाडीहरुले मनाए गुरु पूर्णिमा

साउन १०, काभ्रे। नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको केन्द्रिय आयोजनामा गूरु पूर्णिमाको शुभ अवसरमा आयोजना गरिएको गुरु पुजा कार्यक्रम नेपालका ब्रान्चचिफ तथा प्रशिक्षक अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

वर्ल्ड क्योकुशिन कराँतेका संस्थापक गुरु मासुतात्सो ओयामा तथा क्योकुशिन काई कराँते संघका अध्यक्ष सेईसिन ईवासिताको फोटोमा अबिर तथा फुलमालाले माल्र्यापण गरी नेपालका प्रमुख सिहान अशोककुमार श्रेष्ठले पुजाको शुरुवात गरेका थिए ।

विभिन्न डोजोका सिनियर प्रशिक्षकहरुबाट क्रमश गरी सम्पूर्ण खेलाडीहरुले सम्पूर्ण गुरुहरु तथा खेलाडीहरुले एकआपसमा अबिर तथा खदा लगाई शुभकामना आदान प्रदान गरे ।

काभ्रे डोजोका प्रमुख राजेन्द्र थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा विभिन्न डोजोका करीब १५० जना खेलाडीहरु तथा प्रशिक्षकहरुको उपस्थिती रहेको थियो । २०७८ कार्यक्रम आयोजना गरी अन्तर्गतको डोजोहरुले देशभरी विभिन्न कार्यक्रम आयोजना गरी गुरु पूर्णिमा मनाएका छन्।

नेपालको कराँतेको क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता तथा सेमिनारहरु आयोजना गरी सकेको उक्त संघ नेपालको फुलकन्ट्याक्ट कराँतेको बिधामा नं१ संघको रुपमा चिनिन्छ । यसका साथै कराँतेको क्षेत्रमा मात्र उत्कृष्ट नभई यो संघले खेलाडीहरुलाई बार्षिक १० जनालाई कलेजमा छात्रवृति प्रदान गर्नुका साथै सामाजिक सेवाका रुपमा स्कुलका विधार्थीलाई कपि कलम तथा स्टेशनरी, बिधालय पोशाक, व्याग तथा जाडोमा स्वीटर, ज्याकेटहरु समेत बितरण गर्ने गरेको छ।

आउदो असोजमा दोलखा जिल्लाको १२००० (बाह्र हजार) फिट उचाईमा रहेको कालिन्चोकमा राष्ट्रिय हाई अल्टीच्युड फुलकन्ट्याक्ट कराँते च्याम्पियनसिप २०७८ आयोजना गर्नेसमेत संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस