पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

नौलो समाचार संवाददाता
२०७८ श्रावण २६, मंगलबार मा प्रकाशित १३२० पटक पढिएको
पनौती कुशादेवी-नमोबुद्ध सडकमा सवारी चेकजाँच कडाइ गरिने

साउन २६, काभ्रे। काभ्रे पनौती-कुशादेवी सडकमा ट्राफिक प्रहरीले चेकजाचमा कडाई गर्ने भएको छ। यो सडकमा लाईसेन्स विना सवारी साधान तिव्रगतिमा चलाउने कार्य नियन्त्रण गर्न प्रहरीले नियमित चेकजाचलाई थप कडाई गर्ने भएको हो।

आज (मंगलबार) मंगलबार पनौती-८ मा आयोजित जनचेतनामुलक कार्यक्रममा नौती कुशादेवी सडकको विभिन्न स्थानमा गति सिमित, पार्किङ निषेधित क्षेत्र लेखिएको वोर्ड राखिएको छ। अब देखि यो सडकमा प्रहरीले नियमित सवारी चेकजाच गरिने प्रहरीले जनाएको छ।

न्याशिला गणेश टोल सुधार समितिको संयोजनमा भएको जनचेतनामुलक कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष केशव वञ्जारा, टोल सुधार समितिका अध्यक्ष एवं वडा सदस्य गौरी नारायण श्रेष्ठ लगाएत समाजका प्रतिष्ठित व्यक्तिहरुका साथै प्रहरीहरुको समेत उपस्थिति रहेको थियो।

उक्त अवसरमा पनौतीदेखि खरिवोटसम्म १५ वटा गति सिमित लेखिएको वोर्ड राखिएको छ। यो सडकमा हुने जथाभावि पार्किङलाई पनि नियन्त्रण गरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।  प्रहरीले यो सडकमा प्रतिघण्टा २० किलोमिटर स्पिडमा मात्र सवारी चलाउन पाईने उल्लेख गरेको छ।

ट्राफिक प्रहरी सहायक निरिक्षक चेत वहादुर चौलागाईले केहिदिन अघि कुशादेवी क्षेत्रमा नियमित चेकजाचको क्रममा ९० प्रतिशत मोटरसाईकल चालक संग लाईसेन्स नभएको भेटिएको जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस