चोका कविता

नौलो समाचार संवाददाता
२०७९ आश्विन २९, शनिबार मा प्रकाशित ९७६ पटक पढिएको
चोका कविता

१,
चिसो समय
कठ्याङ्ग्रिएको बेला
न्यानो अङ्गालो
खुलेको खुसीयाली
च्याप्प समात्दै
आफैंतिर तानेर
तात्तिने मन
देखिएको सपना
लागेछ ठेस
चर्केको एेना हेर्दा
बिरुप दृश्य
उम्लेको रिस पोख्दा
बढ्दै शत्रुता
कालो मन झागिंदा
लागेछ दसा
आफन्त नै पराई
बेसाहारामा
तड्पेर बस्दा बस्दै
एकोहोरो मन
खुलदुली थुप्रिंदा
भयो पागलपन
इन्तु न चिन्तु बन्दै
बेहोसी रुप
समयले लछार्दा
पुग्यो हुत्तिन
सर्प जस्तै बेरिदै
लाग्यो अत्यास
दौडदै भाग्न खोज्दा
बाँधियो खुट्टा
बलीको बोका बन्दै
जीवन समर्पण ।

२,
प्रत्येक साँझ
अँध्यारोले छोप्दामा
बनेको स्तब्ध
आँखा चिम्लिएपछि
परेको निद्रा
सपना देख्न व्यस्त
जीवन यात्रा
खोजेको बामे सर्न
बन्दै पहाड
अत्यास निम्ति जाँदा
दु:ख अङ्गाल्दै
अधकल्चो सपना
रित्तो भाग्यमा
थुप्रिएको समस्या
खेप्दै तनाव
ग्रहदसा बनेर
घुम्दै समय
आफैंदेखि तर्सेको
बिचित्र बन्दै
रङ्गिन सपनामा
रमेको आफैं
मनभित्रको पीडा
दबेको रिस
गुम्सिएको रहर
मनको इच्छा
सपना भाडेपछि
दोधार बन्दै
देखिएकाे सपना
आँखा चिम्लदै
आकासिदै उडेर
गगन चुम्न खोज्दै ।

३,
हिमाली आँखा
प्रफुल्ल भइदिंदा
भुलेको दु:ख
पोखिएको सौन्दर्य
जिस्क्याइदिन्छ
देखेको मोहकता
कष्ट सहेर
प्रकृतिसँग रम्दै
साइनो जोड्दा
स्वर्गतुल्य आनन्द
हौसेको खुसी
शिखर चुम्न खोज्दै
चञ्चल मन
दु:खको भारी बोक्दा
मिलेको सुख
गर्भिलो अनुभूति
दु:खको आँसु
जीवनमा पोखिंदा
बाँच्नुको अर्थ
चुमेको सार्थकता
नौलो बिहानी
उज्यालो मुहारमा
हासो फिजिंदा
तानिएछ लोभले
टाँसिन खोज्ने
कोमल हृदयमा
वचनको प्रहार
एकलव्य बनेर
छाया पर्दामा
सुस्ताएको जोवन
माया बन्यो बिरानो ।

 

  • श्रीराम श्रेष्ठ

प्रतिक्रिया दिनुहोस