दशैं मनाउन घर जानेलाई कांग्रेस भुम्लुले व्यवस्थापन गर्यो निशुल्क बस

नौलो समाचार संवाददाता
२०८० कार्तिक ४, शनिबार मा प्रकाशित २२८७ पटक पढिएको
दशैं मनाउन घर जानेलाई कांग्रेस भुम्लुले व्यवस्थापन गर्यो निशुल्क बस

भुम्लु/नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गरी दशैंमा घर फर्कने भुम्लुवासीलाई घर–घर पु¥याएको छ ।

सबै वडामा पुग्ने गरी १२ वटा बस व्यवस्थापन गरी गन्तव्यमा पु¥याइने नेपाली कांग्रेस भुम्लुका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) ले जानकारी दिए । आम नागरिकको सहजताका लागि नेपाली कांग्रेसले निशुल्क बस व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

फुलपाती (शनिवार) को दिन उपत्यकामा विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा रहेका भुम्लुबासीलाई काठमाडौं तिनकुनेबाट बसको व्यवस्थापन गरी भुम्लु लगिएको हो । बस व्यवस्थापनका लागि पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकले सहयोग गरेका छन् ।

नेपाली कांग्रेस भुम्लुले यसअघि २०७८ सालको दशैंमा पनि निशुल्क बसको व्यवस्थापन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस