बीपी राजमार्गको सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु (घाइतेहरूको विवरणसहित)

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ८७ पटक पढिएको

बीपी राजमार्गको सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु  (घाइतेहरूको विवरणसहित)
नमोबुद्ध नगरपालिका वडा न. २, सेल्फीडाँडास्थित दुर्घटनास्थल । तस्वीर : विदुर बर्तौला ।

धुलिखेल / बीपी राजमार्गअन्तर्गत काभ्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे सूचना अधिकारी रहेका प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन बिष्टका अनुसार, ८ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सनाखत अझै हुन नसकेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, मृतक ४ पुरुष र ४ महिला छन् ।

बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खसेको थियो । यात्रुका अनुसार, अर्को सवारीसाधनलाई साइड दिने क्रममा बस खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सेल्फीडाँडामा भएको बस दुर्घटनामा घाइतेहरूको विवरण
अनिशा तामाङ (२२) – रोशी
हात र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
सुरेश बहादुर बादी (२५) – बर्दिया
दाहिने निधार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
बिष्णु डोल्मा तामाङ (२०) – रोशी
निधार, नाक र पेटमा चोट, अवस्था मध्यम गम्भीर।
डम्बर बहादुर शाह (६०) – रोशी
टाउको, दाहिने हात र दाहिने खुट्टामा गम्भीर चोट।
चन्द्र तामाङ (३०) – रोशी
निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
कृष्ण बहादुर तामाङ (४३) – रोशी
टाउको, आँखाको वरिपरि र दाहिने कम्मर भागमा चोट, अवस्था मध्यम गम्भीर।
रमिता वाइबा (१८) – रोशी
अनुहार र खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
मनाब तामाङ (४०) – रोशी
अनुहार र ढाडमा चोट, अवस्था मध्यम गम्भीर।
धन बहादुर तामाङ – रोशी
टाउको र अनुहारमा चोट, अवस्था मध्यम गम्भीर।
घाेया सिंह तामाङ (३४) – बनेपा
दाहिने खुट्टा भाँचिएको तथा दाहिने हातमा चोट, चालक, अवस्था मध्यम गम्भीर।
बिष्णु माया लामा (६२) – रोशी
टाउकोमा चोट, अवस्था मध्यम गम्भीर।
मनुराज तामाङ (४३) – तेमाल
टाउको, घाँटी र छातीमा चोट, अवस्था मध्यम गम्भीर।
परिचय नखुलेकाे बालक (अन्दाजी ५/६ वर्ष)
टाउको, अनुहार र देब्रे खुट्टामा चोट, अवस्था मध्यम गम्भीर।
परिचय नखुलेकाे बालिका (अन्दाजी १ वर्ष)
टाउकोमा चोट, अवस्था गम्भीर।
परिचय नखुलेकाे पुरुष (अन्दाजी ६०–६५ वर्ष)

 

प्रतिक्रिया दिनुहोस