सेल्फीडाँडा बस दुर्घटनाका मृतक मध्ये ४ जनाको पहिचान खुल्यो

नौलो समाचार संवाददाता
२०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ६२ पटक पढिएको

सेल्फीडाँडा बस दुर्घटनाका मृतक मध्ये ४ जनाको पहिचान खुल्यो

धुलिखेल / बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा न. २ स्थित सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा मृत्यु हुने मध्ये ४ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी रहेका प्रहरी नायब उपरिक्षक (डीएसपी) रविन बिष्टका अनुसार पहिचान हुनेमा रोशी गाउँपालिका वडा नं ७ का ३४ बर्षीय, फुलमाया तामाङ, रोशी गाउँपालिका वडा नं ६ का ७५ बर्षीय इन्द्रबहादुर झाक्री, (बर्ष ७५), रोशी गाउँपालिका वडा नं ८ का ६० बर्षीय प्यारीमाया तामाङ, (बर्ष ७५) र नेपाली सेनाको अमलदार पदमा कार्यरत दैलेखका ३० बर्षीय बमबहादुर भण्डारी रहेका छन् । अन्य ४ जनाको सनाखत हुने क्रममा रहेको प्रहरीले जनाएको छ ।

बनेपाबाट रोशी गाउँपालिका वडा नं ६ सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको यात्रुबहाक बस बीपी राजमार्गको सेल्फीडाँडा खण्डबाट करिब ५ सय मिटर तल खसेको थियो । यात्रुका अनुसार, अर्को सवारीसाधनलाई साइड दिने क्रममा बस खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस