गाउँपालिकाको ‘सफलता’ बुझ्न काभ्रे क्याम्पसका विद्यार्थी रोशीमा

नौलो समाचार संवाददाता
२०८० चैत्र २८, बुधबार मा प्रकाशित ८५ पटक पढिएको
गाउँपालिकाको ‘सफलता’ बुझ्न काभ्रे क्याम्पसका विद्यार्थी रोशीमा

रोशी । कार्यसम्पादन मुल्याकंनमा जिल्लामा उत्कृष्ट भएको रोशी गाउँपालिका पुगेर काभ्रे बहुमुखी क्याम्पसका विद्यार्थीले सफलताको कारण, सुशासन, विकास, कार्यसम्पादन प्रकृयाबारे जानकारी लिएका छन् ।

मानविकी तथा समाजशास्त्र संकाय अन्र्तगत स्नातक तह दोस्रो र तेस्रो बर्षमा अध्यनरत पत्रकारिता तथा आम सञ्चार, राजनीतिक शास्त्र, समाजशास्त्र, ग्रामिण विकास र सामाजिक कार्य बिषयका विद्यार्थीहरू गाउँपालिकाको कार्यालय पुगेर सोबारे अध्ययन, अबलोकलन गरेका हुन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा काभ्रेका स्थानीय तहहरूमध्ये ७२ दशलव ३९ अंंक प्राप्त गरी रोशी गाउँपालिका जिल्लामा पहिलो भएको थियो ।

क्याम्पसका सह–प्राध्यापक इश्वरी ओझाको नेतृत्वमा उपप्राध्यापकहरू कृष्णप्यारी नकर्मी, सुनिता पौडेल, प्रतिभा श्रेष्ठ र प्रकाश रिमाल र विद्यार्थीहरुको टोलीसंग गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, सूचना प्रविधी अधिकृत प्रकाश पौडेल, जनप्रतिनिधी र कर्मचारीले अन्तरक्रिया गरेका थिए । सेवा प्रवाहबारे विद्यार्थीहरुले स्थानीयसंग पनि जानकारी लिएका थिए ।

अध्यक्ष लामाले सुशासनमा रही कार्यसम्पादन गर्दा सफलता हासिल भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङले जनप्रतिनिधि र कर्मचारीको सहकार्यमा योजना निर्माण र कार्यान्वयन गर्दा सफलता मिलेको बताए ।

राजनीतिशास्त्र र पत्रकारिताका सह–प्राध्यापक ओझाले सुशासन र सफलताको राजनीतिक अन्तरसम्बन्ध बुझ्न अध्ययन अबलोकन गराइएको भन्दै फलदायी भएको बताए ।


प्रतिक्रिया दिनुहोस