बनेपा नगरपालिकामा १ अर्ब २४ करोड बजेट प्रस्ताव

नौलो समाचार संवाददाता
२०८२ अषाढ ६, शुक्रबार मा प्रकाशित १४५ पटक पढिएको
बनेपा नगरपालिकामा १ अर्ब २४ करोड बजेट प्रस्ताव

बनेपा / बनेपा नगरपालिकामा आगामी आर्थिक बर्षको लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्ताव गरिएको छ ।

नगर सभाको १६ औं अधिवेशनको शुक्रवार बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख शान्तीरत्न शाक्यले बार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले विनियोजन विधेयक र आर्थिक विधेयक प्रस्तुत गरेका थिए ।

नगर प्रमुख शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नीति तथा कार्यक्रममा छ । किसान परिचयपत्र लगायका व्यवस्था नीति तथा कार्यक्रममा छन् ।

उप–प्रमुख दाहालले प्रस्तुत गरेको आर्थिक विधेयकमा बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस