रेडक्रसको जुनियर/युवा रेडक्रस शिविर धुलिखेलमा

नौलो समाचार संवाददाता
२०८२ अषाढ ७, शनिबार मा प्रकाशित ५२ पटक पढिएको
रेडक्रसको जुनियर/युवा रेडक्रस शिविर धुलिखेलमा

धुलिखेल /  नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिले जुनियर / युवा रेडक्रस शिविर धुलिखेलमा आयोजना गरेको छ ।

असार ६ गतेबाट सुरु भएको शिविरमा बागमती प्रदेशका १३ जिल्लाबाट जुनियर/युवा रेडक्रस सर्कलबाट २ जना, शिक्षक नायक र जिल्ला शाखा प्रतिनिधि १ जना गरी ४ जनाका दरले सहभागी छन् ।

रेडक्रस अभियानबारे जुनियर विभाग अधिकृत राम श्रेष्ठ, संशोधित जुनियर निर्देशिकाबारे जुनियर विभाग अधिकृत सुमिरा न्यौपाने, असल अभ्यास अनुभव आदानप्रदानबारे प्रदेश महासचिव रामजी पौडेल, साइबर सुरक्षा अभिमुखीकरणबारे नेपाल प्रहरी साइबर व्युरो, रक्त उत्प्रेरणाबारे जुनियर विभाग अधिकृत राम श्रेष्ठ, मानसिक स्वास्थ्य अभिमुखीकरण स्वास्थ्य विभाग अधिकृत टिका पौडेलले सहजीकरण गरेका छन् । शिविरमा रेडक्रस युवा सशक्तिकरण र सहभागीता सम्बन्धी नीति बहस तथा युवा सहभागीता सुनिश्चितता सम्बन्धी बहस हुने आयोजकले जनाएको छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले शिविर उद्धघाटन गर्दै विपदमा रेडक्रसले खोज तथा उद्धारको क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग सदस्य गुणराज मोक्तान, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य, नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निर्देशक धर्मदत्त विडारी, वागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेती, जिल्ला शाखा सभापति देवेन्द्र प्रसाद भैल लगायतले रेडक्रस अभियान र मानवीय सेवाबारे चर्चा गरेका थिए ।

सोही अवसरमा नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले पुर्व सभापति एवं सल्लाहकार सोमप्रसाद हुमागाँई, श्याम सुन्दर श्रेष्ठ, रघुवर चौ प्रधान, जिल्ला शाखा सदस्य विश्वनाथ ताम्राकार, भोगेन्द्र बहादुर कुँवर, गंगा प्रसाद अधिकारी, माधव नारायण जोशी र सिद्धि बहादुर कर्माचार्य लगायतलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस