बनेपा / जिल्लाका १३ मध्ये १२ स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
असार ९ गते नै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने गरी तय भएको पनौती नगरपालिकाको नगर सभा गणपुरक संख्या नपुगेको कारण बुधबार सम्मको लागि स्थगित गरिएको छ ।
धुलिखेल नगरपालिकाले असार ५ गते १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँ, असार ६ गते बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँ र असार ९ गते नमोबुद्ध नगरपालिकाले ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरिसकेका छन् ।
असार १० गते २ नगरपालिका र ७ गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँ र मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।
रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ हजार रुपैयाँ, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँ, भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजार रुपैयाँ र चौरीदेउराली गाउँपालिकाले६९ करोड ५ लाख ५ हजार रुपैयाँको बजेट आगामी आर्थिक बर्षको लागि प्रस्ताव गरेका छन् । तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।
जिल्लामा विकट मानिने खानीखोला गाउँपालिकाले ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैयाँ, महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजार रुपैयाँको बजेट गाउँ सभामा प्रस्तुत गरेका छन् ।
आन्तरिक आय कमजोर भएका जिल्लाका स्थानीय तहले संघीय समपूरक र विशेष अनुदानकै आधारमा बजेट निर्माण गरेका छन् ।
पनौती नगरपालिका सभाको सत्रौं अधिवेशन भने शुरु भएको केही मिनेटमा नै स्थगित भएको थियो । एमालेबाट निर्वाचित उपप्रमुखसहितका बहुमत नगर सभा सदस्य अनुपस्थित भएपछि बैठक बुधवार सम्मको लागि स्थगित गरिएको छ ।
प्रतिक्रिया दिनुहोस