बनेपा / इन्टरनेट सेवा प्रदायक क्लासिक टेक बनेपाले १६ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक काम गरेको छ ।
बार्षिकोत्सवको अवसरमा बनेपामा रक्तदान, स्वास्थ्य परिक्षण र दन्त शिविर गरिएको हो ।
४२ जनाले रक्तदान र करिब ३ सयको संख्यामा दन्त र स्वास्थ्य परिक्षण गरिएको बनेपा शाखा प्रमुख निराजन रेग्मीले जानकारी दिए ।
१ सय २३ पटक रक्तदान गरेका पनौतीका विदुर खड्कालाई कार्यक्रममा सम्मान गरियो ।
‘छोयो की चल्यो’ भन्ने नारा लिएको क्लासिक टेकले जिल्लाका विभिन्न भूभागमा इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।






प्रतिक्रिया दिनुहोस