बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

नौलो समाचार संवाददाता
२०८२ अषाढ १६, सोमबार मा प्रकाशित ११९ पटक पढिएको
बेरुजु शून्य बनाउने महाभारत गाउँपालिका सम्मानित

काठमाडौं / आर्थिक बर्ष २०८०/८१ मा बेरुजु शून्य कायम गर्ने महाभारत गाउँपालिकालाई सम्मान गरिएको छ ।

महालेखा परिक्षकको कार्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले उत्कृष्ट गाउँपालिकाको रुपमा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वालाई प्रशंसापत्र प्रदान गरेका हुन् ।

आ.व ०८०/८१ को लेखापरीक्षण गर्दा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय/अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाको प्रारम्भिक प्रतिवेदनमा ५७ लाख रुपैयाँ बेरुजु कायम भएकोमा पछि पूरै रकम गाउँपालिकाले फस्र्याेट गरिदिएपछि शून्य बेरुजू कायम भएको थियो । आ. व. २०७९/८० को लेखापरिक्षण गर्दा पनि गाउँपालिकामा शून्य बेरुजु कायम भएको थियो ।

अध्यक्ष जिम्वाले नियम र कानुनसम्मत काम गर्दा सफलता मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस