युरोपियन लिग मे महिनाबाट सुचारु गर्ने तयारी

नौलो समाचार संवाददाता
२०७६ चैत्र ८, शनिबार मा प्रकाशित ५०३ पटक पढिएको
युरोपियन लिग मे महिनाबाट सुचारु गर्ने तयारी

चैत्र ८, एजेन्सी । स्पेनिस ला लिगा फुटबलका अध्यक्ष जाभियर टेबासले युरोपको शीर्ष लिगहरु मे महिनाको मध्येबाट सुचारु गर्ने बताएका छन् ।

सन् २०२० को युरोकप एक वर्ष सरेपछि स्थगित युरोपको लिग तथा प्रतियोगिता मेबाट सुरु गर्ने टेबासले बताएका हुन् ।

“त्यहाँ ३० लिग र ३० कप प्रतियोगितालाई असर परेको छ । हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिकाबारे समन्यव गरिरहेका छौँ,” टेबासले भने, “युरोपको सम्पूर्ण प्रतियोगिता मे महिनाको मध्येबाट फर्काउने छौँ । हामीले एक अर्कासँग सहकार्य गर्नु पर्नेछ ।”

चीनबाट फैलिएको कोरोना भाईरसले युरोपमा महामारीको रुप लिएपछि अहिले सम्पूर्ण फुटबल गतिविधि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस