सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही होस् : देउवा

नौलो समाचार संवाददाता
२०७७ बैशाख १२, शुक्रबार मा प्रकाशित ४४७ पटक पढिएको

सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही होस् : देउवा

बैशाख १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।

अाज दिउँसो बालुवाटारमा भएको भेटमा देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । सुझाव दिने क्रममा देउवाले जनकपुरबाट सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न माग राखेका छन् ।

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ’, देउवाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस