दोलालघाट/ भोटेकोशी नदीमा हामफालेको घरमा पालेको कुकुरलाई बचाउन खोज्दा एक युवक बेपत्ता भएका छन्।
कुकुर जोगाउन नदीमा हेलिएका भुम्लु गाउँपालिका-१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
भुम्लु गाउँपालिका-८ दुलालेश्वर मन्दिर नजिकै हाम फालेर बेपत्ता उनको खोजीको लागि सशस्त्र प्रहरी निरीक्षक विनोद थापाको कमाण्डमा ११ जना र नं १६ गण बाट सशस्त्र प्रहरी सहायक निरीक्षक आदर्शकुमार शाहको कमाण्डमा ११ जना उद्धार टोली खटिएको सशस्त्र प्रहरी १५ नं. गण काभ्रेका प्रमुख माधव रेग्मीले जानकारी दिए ।
उद्धारका लागि प्रहरी चौकी पाँचखालका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तमाङको नेतृत्वमा पनि टोली खटिएको छ ।

प्रतिक्रिया दिनुहोस