बेलरमा एकैदिन १ हजार २ सय विद्यार्थीलाई स्वागत र विदाई

नौलो समाचार संवाददाता
२०८२ भाद्र १४, शनिबार मा प्रकाशित ४६४ पटक पढिएको

बेलरमा एकैदिन १ हजार २ सय विद्यार्थीलाई स्वागत र विदाई

बनेपा / बेलर इन्टरनेशनल एकेडेमीले एकैदिन १ हजार २ सय १४ विद्यार्थीलाई स्वागत र विदाई गरेको छ ।

२०८२ सालमा कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न आएका ६ सय २ विद्यार्थीलाई स्वागत र कक्षा १२ उत्तीर्ण ६ सय १२ विद्यार्थीलाई एकसाथ बिदाइ गरेको हो ।

विज्ञान संकायतर्फ फिजिक्स, वायोलोजी, कम्प्युटर साइन्सका साथै व्यवस्थापन संकायतर्फ होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्सको अध्ययन हुने गरेको छ । दुवै संकाय गरि कक्षा १२ मा हाल ५ सय ७५ जना अध्ययनरत रहेको प्रिन्सिपल इन्दु थापाले जानकारी दिइन् ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालययका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लले कक्षा १२ उत्र्तीण विद्यार्थीहरुलाई अब आत्मनिर्भर भएर थप शिक्षा हासिल गर्नुपर्ने बताए । बर्सेनी विदेशिने विद्यार्थीको संख्या प्रति चिन्ता गर्दै उनले नेपालमा नै अध्ययन गर्न उत्तीर्ण विद्यार्थीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय उपमहासचिव भिमसेन के.सी, नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्व विद्यार्थी दिपक कायस्थ लगायतले बेलर स्कुलले शिक्षा क्षेत्र गरेका प्रयासबारे चर्चा गरेका थिए ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोला थापाले वालबालिकाको सर्वाङिण विकासको बेलरले विभिन्न कार्य गर्दै आएको बताए ।

विद्यार्थीहरुले विविध सास्कृतिक नृत्य, कला प्रस्तुत गरेका थिए ।






प्रतिक्रिया दिनुहोस