कोरोनाको आरडिटी परीक्षण रोक्न सर्वोच्चमा रिट

नौलो समाचार संवाददाता
२०७७ बैशाख २५, बिहिबार मा प्रकाशित ५५८ पटक पढिएको

कोरोनाको आरडिटी परीक्षण रोक्न सर्वोच्चमा रिट

बैशाख २५, काठमाडौं । र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)मार्फत भइरहेको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रोक्न सर्वोच्चमा रिट दायर भएको छ।

अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले बुधबार नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय‚ नेपाल स्वास्थ्य अनुसन्धान परिषद र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

उनीहरुले सरकारको कोभिड-१९बाट संक्रमितहरुको आरडिटी परीक्षण गर्ने २०७६ चैत २२ गते बसेको मन्त्रिपरिषदको निर्णयलगायतका यस सम्बन्धी निर्णयहरु बदर गरीपाउँ भनी रिट दायर गरेका छन्।

सरकारले विश्व स्वाथ्य संगठनले आरडिटी परीक्षण नगर्न दिएको निर्देशन लागू नगरेको दायर गरिएको रिटमा उल्लेख छ। सरकारको लापरबाहीले रोग लुकाउने प्रवृत्ति देखापर्न थालेको रिटमा भनिएको छ।


प्रतिक्रिया दिनुहोस