इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको सिटी पराजित

नौलो समाचार संवाददाता
२०७७ अषाढ २२, सोमबार मा प्रकाशित ५३१ पटक पढिएको
इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको सिटी पराजित

असार २२, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । आइतबार राति साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा सिटी १(० गोलले पराजित भएको हो ।

सिटीलाई पराजित गर्न साउथह्याम्पटनका चे एडाम्सले गोल गरेका थिए । उनले पहिलो हाफमा गरेको गोल नै सिटीलाई पराजित गर्न खेलको निर्णायक गोल बन्यो ।

सेन्ट मेरिज स्टेडियममा भएको खेलको १६ औं मिनेटमा चे एडाम्सले गोल गरेका थिए । उनले स्टुआर्ट आम्सट्रोङको पासमा करिब ४० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा परेको सिटीले आक्रामक खेल प्रस्तुत गरे पनि गोल गर्न भने सकेन ।

जितपछि साउथह्याम्पटन ३३ खेलबाट ४३ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । पराजित सिटी समान खेलबाट ६६ अंक जोड्दै दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस