ओलिभर जिरउडको हेड गोलमा चेल्सीको महत्वपूर्ण जित

नौलो समाचार संवाददाता
२०७७ अषाढ ३१, बुधबार मा प्रकाशित ८३५ पटक पढिएको
ओलिभर जिरउडको हेड गोलमा चेल्सीको महत्वपूर्ण जित

असार ३१, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले शीर्ष चारमा रहेर आउँदो सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान पक्का गर्ने सम्भावना थप बलियो बनाएको छ ।

घरेलु मैदानमा भएको खेलमा रेलिगेशनमा पर्ने पक्का भएको पुछारको नर्विच सिटीलाई चेल्सीले १–० ले पराजित गरेको हो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले गरेको गोल नै निर्णायक बन्यो ।

टिम क्रुलको पासमा जिरउडले हेड मार्फत गोल गरेका हुन् । जितपति तेस्रो स्थानको चेल्सीको ३६ खेलबाट ६३ अंक भएको छ । चौथो स्थानको लेस्टर सिटीको ३५ खेलबाट ५९ अंक रहेको छ । पुछारको नर्विचले मात्रै २१ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस