वीरगन्जमा भन्सार एजेन्टको घरमा प्रहरीको छापा,साढे २२ किलो सुन बरामद

नौलो समाचार संवाददाता
२०७७ कार्तिक १, शनिबार मा प्रकाशित १०६६ पटक पढिएको
वीरगन्जमा भन्सार एजेन्टको घरमा प्रहरीको छापा,साढे २२ किलो सुन बरामद

कात्तिक १ , वीरगञ्ज । पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद भएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।

भारतीय नागरिकको घरमा छापा मारेर प्रहरीले साढे २२ किलो किलो सुन बरामद गरेको हो। भन्सार कार्यालय एजेन्टसमेत रहेका उनको घरमा शनिबार दिउँसो प्रहरीले छापा मारेको हो।

सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गरिने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस