धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाड्यो मिनिटिलर र स्प्रेयर

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ३१७ पटक पढिएको

धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाड्यो मिनिटिलर र स्प्रेयर

धुलिखेल / धुलिखेल नगरपालिकाले ५० प्रतिशत अनुदानमा १२ वटै वडाका कृषकलाई अनुदानमा मिनिटिल र स्प्रेयर पम्प वितरण गरेको छ ।

कृषि कर्म बढी हुने वडालाई बढी प्राथमिकता दिएर नगरपालिकाको कृषि शाखाले १ सय १३ परिवारलाई खेतबारी जोत्न मिनि पावर टिलर र १ सय २१ परिवारलाई स्प्रेयर पम्प अनुदानमा वितरण गरेको हो । मिनिटिलरको मूल्य २५ हजार ५ सय रुपैयाँ र स्प्रेयरको मुल्य २ हजार ७ सय छ । कृषकले रकमको आधा व्यहोर्नुपर्नेछ ।

पहिलो चरणमा वडाको सिफारिसका आधारमा वडा नम्वर ४, ५, ९ र १२ का कृषकहरुलाई सामाग्री हस्तान्तरण गरिएको छ । नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी ४ नं वडा अध्यक्ष उत्तम तिमल्सिना, १२ नं वडा अध्यक्ष मोहनप्रसाद लामिछाने लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।

नगर प्रमुख व्याञ्जुले कृषिमा उत्पादन लागत घटाउन प्रविधी सहयोग गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस