वातावरण दिवसमा भूमि व्यवस्थापन परिसरमा वृक्षारोपण

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ २२, बिहिबार मा प्रकाशित १०८ पटक पढिएको
वातावरण दिवसमा भूमि व्यवस्थापन परिसरमा वृक्षारोपण

धुलिखेल / विश्व वातावरण दिवसको अवसरमा धुलिखेल, २८ किलोस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र परिसरमा वृक्षारोपण गरिएको छ ।

प्रशिक्षण केन्द्र र डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकको आयोजना र काभ्रेली नापी पेशाकर्मी समाजको सहकार्यमा भएको कार्यक्रममा एभोकाडो, कागती, टिम्मुर, अम्बा, मेकाडेमिया नट (जापानिज कटुस) र धुपि फलफुल प्रजातिका २ सय ६० विरुवा रोपिएको डिभिजनल वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।

प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल लगायत सुरक्षा निकायका प्रमुख प्रतिनिधी, डिभिजन वन कार्यालयका प्रमुख केबी थापा, प्रशिक्षण केन्द्रका निर्देशक रामकुमार सापकोटा लगायत कर्मचारी,सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय कोषाध्यक्ष शान्ता न्यौपाने, धुलिखेल ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायत सञ्चारकर्मी र नागरिक समाजको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस