ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

नौलो समाचार संवाददाता
२०७८ अषाढ २७, आईतबार मा प्रकाशित ५६३ पटक पढिएको
ब्राजिललाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको च्याम्पियन

असार २७, एजेन्सी। घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १-० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले खेलको २२ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए ।

अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टीमा हराएर फाइनल पुगेको थियो भने ब्राजिलले पेरुलाई हराएको थियो ।


प्रतिक्रिया दिनुहोस