मण्डनदेउपुरको कच्ची सडकहरुमा टिपर र ट्रयाक्टर संञ्चालनमा रोक, अटेर गरे २५ हजारसम्म जरिवाना

नौलो समाचार संवाददाता
२०७८ श्रावण २, शनिबार मा प्रकाशित १८२३ पटक पढिएको

मण्डनदेउपुरको कच्ची सडकहरुमा टिपर र ट्रयाक्टर संञ्चालनमा रोक, अटेर गरे २५ हजारसम्म जरिवाना

साउन २, काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिकामा हेभी सवारी साधन टिपर र ट्रयाक्टर संञ्चालन गर्न रोक लगाईएको छ । वर्षातको समयमा हुने क्षती न्युनीकरण तथा सडकको वर्तमान अवस्थालाई सुरक्षित राख्नु पर्ने भएकाले नगरकोे पक्की बाहेकका सबै सडक खण्डहरुमा टिपर र ट्रयाक्टर संञ्चालन गर्न रोक लगाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो।

उहाँका अनुसार अर्को सुचना जारी नभएसम्मका लागि खाद्यान्न बोकेका मालवाहक सवारी साधन बाहेक सम्पुर्ण हेभी सवारी साधन टिपर र ट्रयाक्टर आवत जावत बन्द गरिएको हो ।

आवत जावत बन्द गरिएको सडकखण्डमा टिपर र ट्रयाक्टर संञ्चालन गरेमा जरिवाना समेत गरिने नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार टिपर, ट्रकका लागि प्रत्येक पटक २५ हजार र ट्रयाक्टरका लगि प्रत्येक पटक १५ हजार जरिवाना तोकीएको छ ।

प्रतिक्रिया दिनुहोस