दिपेन्द्रको सहयोगमा मण्डनदेउपुर २ को वडा कार्यालय भवन निर्माण

नौलो समाचार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित ८६३ पटक पढिएको
दिपेन्द्रको सहयोगमा मण्डनदेउपुर २ को वडा कार्यालय भवन निर्माण

भदौ २५, काभ्रे। नेपाली काँग्रेस मण्डनदेउपुर वडा नं २ को वडा कार्यसमिति भवन निर्माण भएको छ।

साविक बालुवापाटि देउपुर गाउँ कार्यसमिति हाल मण्डनदेउपुर वडा नं २ को भवन साविक गाविस कार्यसमितिका पुर्व सह-सचिव रहेका उदयमान व्यवसायी दिपेन्द्र श्रेष्ठले निर्माण गरिदिनु भएको हो।

करिब १० लाख रुपैया लागतमा बनेको वडा कार्यसमितिको भवन काभ्रेमै सम्भवत पहिलो हो।

त्यस्तै कार्यालयमा आवश्यक पर्ने फर्निचर व्यवस्थापन युवा सजागता अभिनय बागमती प्रदेश सदस्य राजेन्द्र थिङले गरिदिनु भएको हो।

कहिले होटल, कहिले खुल्ला चौरमा कार्यक्रम र बैठक गर्दै आएकोमा घाम र पानीबाट ओत लाग्न पाएको भन्दै काँग्रेस कार्यकर्ताहरु खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस