नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास

नौलो समाचार संवाददाता
२०७९ फागुन २८, आईतबार मा प्रकाशित ३७० पटक पढिएको
नमोबुद्ध नगरपालिका वडा नं १ को प्रशासनिक भवन शिलान्यास

फागुन २८, काभ्रे। नमोबुद्ध नगरपालिका वडा नं १ को मथुरापाटी फुलबारीमा बन्ने प्रशासनिक भवन शिलान्यास गरिएको छ।

नगरपालिकाको आन्तरिक श्रोतबाट ९६ लाख ४२ हजार १ सय ८७ रुपैयाँ लागतमा बन्ने भवनको नगर प्रमुख कुनसाङ लामाले शिलान्यास गर्नुभएको हो।

पहिलो तलामा ४ कोठासहित माथिल्लो तलामा सभाहलसहितको बालमैत्री, अपांगमैत्री र लैङ्गिकमैत्री संरचना निर्माण हुने वडाअध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो।

२०८० मंसिर ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी हिमालयन क्रस रोड प्रालिले निर्माण ठेक्का पाएको छ। नगरपालिकाका इञ्जिनियर उज्जवल अर्यालका अनुसार, नगरका ११ मध्ये १० वटा वडाका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस