सामी कार्यक्रमबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ७, बुधबार मा प्रकाशित ७६ पटक पढिएको
सामी कार्यक्रमबारे सञ्चारकर्मीसंग अन्तरक्रिया

धुलिखेल /  सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत धुलिखेलमा सञ्चालित आप्रवासी स्रोत केन्द्रले जिल्लामा गरेका गतिविधीबारे सञ्चारकर्मीसँग अन्तरक्रिया र अभिमुखिकरण गरेको छ ।

धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक बसन्त कुँवर, धुलिखेल नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख समेत रहेका सामी सम्पर्क व्यक्ति विदुर गौतम, पत्रकार मोतिराम तिमल्सिना लगायतले कार्यक्रम अन्तर्गत जिल्लामा भइरहेका गतिविधी बारे जानकारी दिएका थिए ।

सामी कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श, न्यायमा सहजीकरण, मनोसामाजिक परामर्शको लागि सिफारिस, वित्तिय साक्षरता सम्बन्धी जानकारीका साथै सिप तालिमका लागि सहजीकरण गर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको तथ्याकं अनुसार, चालु आर्थिक बर्षको साउनदेखि बैशाख मसान्तसम्म जिल्लामा १२ हजार २ सय ५३ जनाले राहदानी बनाएका छन् । वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार, चालु आर्थिक वर्षको चैत मसान्तसम्म काभ्रेका ९ हजार ८ सय २३ जनाले श्रम स्वीकृति लिएका छन् । सोही अवधिमा वैदेशिक रोजगारीमा गएका जिल्लाका १४ जनाले ज्यान गुमाएका छन् भने ८ जना अंगभंग भएका छन् । गत वर्ष १३ जनाले ज्यान गुमाउँदा ६ जनाको अंगभंग भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस