एटिम मेसिन फोर्दै गरेका युवा पक्राउ

नौलो समाचार संवाददाता
२०८२ जेष्ठ ८, बिहिबार मा प्रकाशित ५६ पटक पढिएको
Post Thumbnail

बनेपा / बनेपा नगरपालिका वडा नं ७ स्थित पुरानो तरकारी बजारमा रहेको नविल बैंक बनेपा शाखामा रहेको एटिम फोर्दै रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यरातमा हडौथा र रड लिएर मेसिन फोर्दै गरेका सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नं ८ का बुद्धिलाल तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रामेश्वर त्वाती नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिन घलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस