धुलिखेल – धुलिखेल नगरपालिका वडा नं ४ नगरपालिकामा पूर्ण खोप सुनिश्चित हुने पहिलो वडा भएको छ ।
चालु आर्थिक बर्षको चैतसम्मको अवधिमा १६ देखि २३ महिनासम्म उमेरका २३ जना बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको यकिन गरेपछि नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले वडा घोषणा गरेका हुन् ।
नगर प्रमुख व्याञ्जुले स्वस्थ शहर धुलिखेलमा स्वास्थ्यका आधारभूत सूचकहरु पुरा गर्दै गएको बताए ।
वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले वडामा स्वास्थ्य सेवा प्रभावकारी रहेपनि स्थानीयको सहजताको लागि पूर्वाधार र सेवा थप्दै जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस