बनेपा / महाभारत गाउँपालिका वडा नं ४ का ४० भन्दा बढी युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस महाभारत वडा नं ४ कार्यसमितिद्वारा राजधानीमा आयोजित कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ती युवाले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् ।
नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका वाग्मती प्रदेशका पूर्व मन्त्री तीर्थ लामा, जिल्ला सदस्य बिरबहादुर भोम्जन लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
सभापति लामाले कांग्रेसलाई विश्वास गरेर प्रवेश गर्ने सबैलाई पार्टीमा उचित व्यवस्थापन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस