धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लाको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना (डिपिआरपी) अद्यावधिक गरी अनुमोदन गरिएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको सोमबार बसेको बैठकले विपदपूर्व तयारी तथा प्रतिकार्य योजनालाई अन्तिम रूप दिएको हो । विपद व्यवस्थापन समिति अन्तर्गतका विभिन्न १२ वटा क्लस्टर (समूह)ले विभिन्न समयमा सरोकारवालाहरूको छलफल र सहभागितामा तयार गरेको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक गरिएको थियो ।
सोमबार धुलिखेलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसमेतको सहभागितामा अन्तिम रूप दिएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले जानकारी दिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतम, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले यो वर्ष मनसुनजन्य विपद धेरै हुनसक्ने भन्दै तयारी गर्न सबै सरोकारवालाहरूले भूमिका खेल्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस