नार्केमा लेदोेले अवरुद्ध वी.पी. राजमार्ग एकतर्फी सञ्चालनमा आयो

नौलो समाचार संवाददाता
२०८२ अषाढ १६, सोमबार मा प्रकाशित ६५ पटक पढिएको
नार्केमा लेदोेले अवरुद्ध वी.पी. राजमार्ग एकतर्फी सञ्चालनमा आयो

नार्के /  अविरल बर्षापछि सडक माथिबाट आएको लेदोको कारण वी.पी. राजमार्गको रोशी गाउँपालिका वडा नं ९ नार्केस्थित सडक खण्डमा अवरुद्ध यातायात एकतर्फी सञ्चालनमा आएको छ ।

साँझ सवा ५ बजे अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोली र सडक विभागको मेसिनको सहयोगमा पौने ७ बजे एकतर्फी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रहेका प्रहरी नायव उपरिक्षक मिन घलेले जानकारी दिए ।

वी.पी. राजमार्ग जोडिएका ग्रामिण सडकबाट बग्ने लेदोको कारण राजमार्ग पटक पटक अवरुद्ध हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस