भाेलिदेखी देशभर ‘लकडाउन’, घरबाहिर निस्कन नपाईने

नौलो समाचार संवाददाता
२०७६ चैत्र १०, सोमबार मा प्रकाशित ८२८ पटक पढिएको
भाेलिदेखी देशभर ‘लकडाउन’, घरबाहिर निस्कन नपाईने

चैत १०, काठमाडौं । सरकारले भाेली (मंगलबार) बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो । निर्णयका बारेमा सोमबार बेलुका मात्रै अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।

चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन ।

अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

उक्त समयमा यातायातका सम्पूर्ण साधनहरु पनि बन्द रहनेछन् ।

आन्तरिक उडानहरु समेत बन्द रहने खतिवडाले जानकारी दिए । अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस