अाजदेखी एक हप्ता नेपाल ‘लकडाउन’, घर बाहिर निस्कन नपाईने, यातायात सेवा बन्द

नौलो समाचार संवाददाता
२०७६ चैत्र ११, मंगलबार मा प्रकाशित ८६३ पटक पढिएको
अाजदेखी एक हप्ता नेपाल ‘लकडाउन’, घर बाहिर निस्कन नपाईने, यातायात सेवा बन्द

चैत ११, काठमाडौं । सरकारले अाज (मंगलबार) बिहान ६ बजेदेखि १८ गतेसम्म देशभर लकडाउन गरेकोे छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको थियो । निर्णयका बारेमा सोमबार बेलुका मात्रै अर्थ तथा सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।

चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म सम्पूर्ण देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

उक्त समयभित्र कसैलाई पनि घरबाट बाहिर निस्कन दिइनेछैन ।

अत्यावश्यक काममा बाहेक कोही पनि बाहिर निस्कन नपाउने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

उक्त समयमा यातायातका सम्पूर्ण साधनहरु पनि बन्द रहनेछन् ।

आन्तरिक उडानहरु समेत बन्द रहने खतिवडाले जानकारी दिए । अत्यावश्यक सेवाका आवश्यक कर्मचारी मात्रै कार्यालय उपस्थित हुनुपर्ने र बाँकीलाई बिदा दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस