काेराेनाले विश्वभर २० हजार मृत्युु, दस देश बढी प्रभावित

नौलो समाचार संवाददाता
२०७६ चैत्र १२, बुधबार मा प्रकाशित ५०१ पटक पढिएको
काेराेनाले विश्वभर २० हजार मृत्युु, दस देश बढी प्रभावित

चैत १२, काठमाडौं । विश्वभर कोरोनाभाइरसका कारण २० हजारजनाको मृत्यु भएको बीबीसीले जनाएको छ । जोन हापकिङ्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले तयार पारेको रिपोर्टमा २० हजारजनाको मृत्यु भएको उल्लेख छ ।

विश्वका यी दश देश छन् जहाँ कोरोनाभाइरसको असर बढी परेको छ ।

त्यसमध्ये पहिलोमा इटली रहेको छ भने दोस्रोमा चीन रहेको छ । चीनको हुबेइ प्रान्तमा यसको असर बढी परेको छ ।

इटलीमा अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ भने चीनमा ३ हजार १६० जनाको मृत्यु भएको छ । स्पेनमा २ हजार ८०८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी इरानमा १ हजार ९३४ जना, फ्रान्समा १ हजार १ सय जना, अमेरिकामा ७७५ जना, बेलायतमा ४२२ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा २७६ जना, जर्मनीमा १५७ जना र बेल्जियममा १२२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

विश्वभर कम्तिमा पनि चारलाख जनालाई यो संक्रमण देखिएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार अहिलेसम्म चार लाख २० हजार जना कोरोना संक्रमित छन् ।

कोरोना संक्रमित भने सबैभन्दा बढी चीनमा रहेका छन् । जहाँ ८१ हजार ५९१ जनाको संक्रमित छन् । इटलीमा ६९ हजार १७६ जना संक्रमित छन् भने अमेरिकामा ५३ हजार ७४० जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस