नेपालमा परिवारमै फैलियो कोरोना, आज एकैदिन ३ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७६ चैत्र २२, शनिबार मा प्रकाशित ७४४ पटक पढिएको
नेपालमा परिवारमै फैलियो कोरोना, आज  एकैदिन ३ संक्रमित थपिए

चैत २२, काठमाडौं। नेपालमा आज (शनिबार) एकैदिन कोरोनाभाइरसका ३ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै संक्रमितको संख्या ९ पुगेको छ । यी सबै नयाँ संक्रमित सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा भेटिएका हुन् । नयाँ संक्रमितमध्ये २ जना भारतबाट आएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो भेरिफाइड फेसबुक पेजबाट दिएको जानकारी अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा संक्रमण देखिएको हो ।

यी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषकी आफन्त भएको मन्त्रालयले जनाएको छ । यो सँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस