धुलिखेल अस्पतालमा कोरोनाको आशंकामा ११ जनाको स्वाब परिक्षण

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ३६४ पटक पढिएको

धुलिखेल अस्पतालमा कोरोनाको आशंकामा ११ जनाको स्वाब परिक्षण

चैत २३, काभ्रे । काभ्रेको धुलिखेल अस्पतालमा कोभिड १९ कोरोना भाईरसको आज (आईतबार)बाट परीक्षण शुरु भएको छ ।

आजबाट शुरु गरिएको परीक्षण हरेक हप्ताको दुईपटक आईतबार र बुधबार मात्रै परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुरमार झाले बताए । आज ११ जनाको स्वाब परिक्षण गरिएको छ । विदेशबाट आएको परीक्षण गरिएको डाक्टर झाले बताए ।

धुलिखेल अस्पतालको आइसोलेसनमा ६ जना रहेका छन् । उनका अनुसार दैनिक ९० जनासम्मको परीक्षण गर्न सकिने गरी प्रयोगशाला स्थापना गरिएको हो । धुलिखेल अस्पतालका प्रवक्ता डाक्टर सुमन ताम्राकारले अस्पतालमा कोरोना परीक्षणका लागि सबै तयारी पुरा भएको बताए ।

प्रवक्ता ताम्राकारका अनुसार प्रर्याप्त परीक्षण किट र डाक्टरहरुका लागि पिपिई आइसकेपछि दैनिक रुपमै कोरोना परीक्षण गर्न सकिन्छ । जिल्लामा १३ वटा आइसोलेसन शैया रहेको छ ।


प्रतिक्रिया दिनुहोस