उच्च ज्वराेका कारण धुलिखेल अस्पतालमा एक जनाकाे मृत्युु, काेराेनाकाे आशंकामा १० जना क्वारेन्टाइनमा

नौलो समाचार संवाददाता
२०७६ चैत्र २३, आईतबार मा प्रकाशित ४३१ पटक पढिएको
उच्च ज्वराेका कारण धुलिखेल अस्पतालमा एक जनाकाे मृत्युु, काेराेनाकाे आशंकामा १० जना क्वारेन्टाइनमा

चैत २३, काभ्रे । काभ्रे धुलिखेल अस्पतालमा उच्च ज्वरोका कारण एक महिलाको मृत्यु भएको छ ।

पनौती नगरपालिका–१२ कलाती भूमिडाँडा, मगरगाउँकी मधुमाया तामाङको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले तामाङकाे मृत्यु भएकाे पुष्टि गर्दै काेराेना भाइरसले हाे वा हाेइन भन्ने बारे स्वाबकाे परिक्षण रिर्पाेट आएपछि मात्रै बन्न सकिने बताए ।

मृतक तामाङकी २८ वर्षीय छोरी सुकुमाया तामाङ यही चैत ३ गते कतारबाट नेपाल आएकी हुन् । आमाको मृत्युपछि छोरी सहित उनको सम्पर्कमा रहेका १० व्यक्तिहरुलाई कोरोना भाइरसको आशंकामा धुलिखेलस्थित सञ्जीवनी माबिमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै एम्बुलेन्स चालकलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

क्वारेन्टाइनमा राखिएका सबैको स्वाब परीक्षणका लागि संकलन गरिएको छ ।

मृतक तामाङको शव धुलिखेल अस्पतालमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस