कोरोनाका कारण २४ घण्टामा विश्वभर ५ हजार २२० जनाको मृत्यु, अमेरिकामा मात्र १२ सय ५५ काे ज्यान गयाे

नौलो समाचार संवाददाता
२०७६ चैत्र २५, मंगलबार मा प्रकाशित ४४१ पटक पढिएको
कोरोनाका कारण २४ घण्टामा विश्वभर ५ हजार २२० जनाको मृत्यु, अमेरिकामा मात्र १२ सय ५५ काे ज्यान गयाे

चैत २५, काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट ५ हजार भन्दै धेरैको मृत्यु भएको छ । कोरोनाका कारण २४ घण्टामा विश्वभरमा ५ हजार २२० जनाको मृत्यु भएको हो ।

अमेरिकामा सबैभन्दा धेरै १२ सय ५५ जनाको ज्यान गएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण १० हजार ८७१ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा ७ सय, इटलीमा ६३६ जनाको ज्यान मृत्यु भएको छ । फ्रान्समा २४ घण्टामा ८३३ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा ७२ हजार ८२५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा ३० हजार ३३१ छन् भने स्पेनमा ५ हजार २९, इटलीमा ३ हजार ५९९ जना नयाँ संक्रमित पछिल्लो २४ घण्टामा भेटिएका छन् । बेलायतमा ३ हजार ८०२, टर्कीमा ३ हजार १४८, इरानमा २ हजार २७४ फ्रान्समा ५ हजार १७१ संक्रमित २४ घण्टामा भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस