धुलिखेल अस्पतालमा पनि पीपीई बुथ

नौलो समाचार संवाददाता
२०७६ चैत्र २७, बिहिबार मा प्रकाशित ७२४ पटक पढिएको

धुलिखेल अस्पतालमा पनि पीपीई बुथ

चैत २७, काभ्रे । धुलिखेल अस्पतालमा पनि पीपीई बुथ राखिएको छ । आज (बिहिबार) देखि अस्पतालमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो । रोटरी क्लब धुलिखेलको आर्थिकमा सहयोगमा पीपीई बुथ सञ्चालनमा ल्याइएको हो ।

बुथ अस्पतालको आइसोलेशन वार्डको बाहिर राखिएको छ । कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो । सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ १९ सर्नबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ ।

बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शुन्य हुने जनाइएको छ । संभावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्न मिल्ने ब्यवस्था गरिएको छ ।

डाक्टर महाविर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले बनाएको हो ।

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवाल, इन्जिनियर हरेराम हुमागाई र रोटरी क्लब अफ धुलिखेलले एक कार्यक्रमका वीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका थिए ।

बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कुँवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई रोटरी क्लबले विशेष धन्यवाद दिएको थियो ।


प्रतिक्रिया दिनुहोस