सनसिटी पूर्णरुपमा सिल, धुलिखेलका ती ब्यक्ति अमार्टमेन्टको १५ औँ तल्लमा बस्थे, धुलिखेलमा त्रास

नौलो समाचार संवाददाता
२०७७ बैशाख २, मंगलबार मा प्रकाशित ३३१२ पटक पढिएको
सनसिटी पूर्णरुपमा सिल, धुलिखेलका ती ब्यक्ति अमार्टमेन्टको १५ औँ तल्लमा बस्थे, धुलिखेलमा त्रास

बैशाख २, काभ्रे । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको छ । बेलायतबाट आएका तीनजनाको र्‍यापिड टेस्टमा पोजेटिभ रिपोर्ट आएपछि हिजाे (सोमबार) बेलुकादेखि सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको हो ।

प्रहरीका अनुसार अहिले कसैलाई पनि भित्र जान र बाहिर नस्किन दिइएको छैन । अत्यावश्यक सामग्रीहरु, दूध, पानीलगायत गेटसम्म लिन आउन सक्छन् । उक्त अपार्टमेन्टमा पाँचसय परिवार छन् । अहिले पनि भित्र १७ सयजति रहेका छन् ।

एकै परिवारका तीनजनाको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि सिल गर्नुपरेको थियो ।

धुलिखेलमा त्रास

जडिबुटिको सनसिटी अपार्टमेन्टमा एकै परिवारका तीन सदस्यमा कोरोना भाइरस पोजेटिभ भेटिएपछि धुलिखेलमा त्रास बढेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ७ मा पनि उनकाे निवास रहेकाे र तीन दिनअघि धुलिखेलमै आएको बताइएको छ ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले ती ब्यक्तिको र्‍यापिड टेष्ट र स्वाब दुवै परिक्षण गरिने बताए । ‘हामी र्‍यापिड टेष्ट र स्वाब दुबै परिक्षण गर्ने तयारी गरिरहेका छौँ, स्वास्थ्य शाखा संयोजक केसीले भने ‘रिपोर्ट हेरेर थप प्रक्रिया अघि बढाउछौँ ।’

धुलिखेलका बुबा, छोरा र बुहारी सनसिटी अमार्टमेन्टको १५ औँ तल्लमा बस्दै आएका थिए । वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले उनी र उनका घरपरिवारका सबै सदस्यलाई घरभित्रै राखेको बताए ।

उनले धुलिखेलमा आएर धेरै ब्यक्तिसँग भेटघाट गरेको बताइएको छ । उनीसँग भेटेका स्थानीय समेत त्रसित बनेका छन् । तर स्वास्थ्य शाखा संयोजक केसीले नआत्तिन र रिपोर्ट कुर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस